स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता, ऋषि कट्टेलको नेकपाले चुनावमा भाग लिन नपाउने

काठमाडौं, २६ फागुन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ ।
आयोगमा दर्ता भएका १ सय ११ राजनीतिक दलमध्ये ८० राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए ।
बिहीबार बसेको आयोगको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको आयोगले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निवेदनलाई भने आयोगले अस्वीकृत गरेको छ ।
ऋषि कट्टेल नेतृत्वको यो दलको अध्यक्ष र उपाध्यक्षको विवाद आयोगमा रहेकाले दल दर्ताको निवेदन अस्वीकृत गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए ।
आयोग स्रोतका अनुसार, ऋषि कट्टेललाई कारवाही गरेको भन्दै कार्यबाहक अध्यक्ष बनेका लोकनारायण सुवेदीले निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ताको निवेदन दिएका थिए ।
आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूलाई ५ फागुनदेखि १५ गतेसम्म दल दर्ताको निवेदन दिन समय निर्धारण गरेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


