चुनाव रंगले होइन कर्मले जितिन्छ : प्रदीप पौडेल

काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चुनाव रंगले जित्ने नभई आफूले गरेको कर्मको आधारमा जनमतबाट जित्ने प्रतिक्रिया दिएका छन् ।
स्थानीय तह निर्वाचनमा मतपत्रमा चुनाव चिह्नलगायत हरियो रङको छाप्ने निर्वाचन आयोगको निर्णयलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर उनले ट्विटरमार्फत् यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने,‘चुनाव रंगले जितिने होइन, आफूले गरेको कर्मको आधारमा जनताले मत दिएर जित्ने हो । बहुमतको सरकारले विगतमा जनताका लागि के–कति कर्म ग¥यो ? फर्केर हेर्नुहोस् । हिजो गरेको कर्मको आधारमा आज र आजको आधारमा भोलिको निर्माण हुन्छ । रोइकराई गरेर जनतामा भ्रम छर्नुको कुनै अर्थ छैन ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


