पर्सा, २६ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबाट आउने रकम ऋण नभई अनुदान भएको बताएका छन् ।

पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘एमसीसीबाट आउने रकम ऋण होइन, अनुदान हो’, प्रधानमन्त्री देउवाले भने, ‘यसले देशको विकास र रोजगार बढाउँछ ।’

उनले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।