काठमाडौं, २५ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका बरिष्ठ नेता झलनाथ खनालले एमसीसीमा नेपालले गरेको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउनुपर्ने बताएका छन् ।

बुधबार केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले एकतर्फी व्याख्यात्मक घोषणा भनेर जे गरिएको छ, त्यसलाई उपलब्धिपूर्ण बनाउनुपर्छ । यसलाई सम्झौताको अंग बनाउनुपर्छ ।’

यही फागुन १५ गते प्रतिनिधिसभाले १२ बुँदे व्याख्यात्मक घोषणा गर्दै एमसीसी सम्झौता अनुमोदन गरेको थियो । तर, उक्त घोषणालाई अमेरिकाले स्वीकार वा अस्वीकार गरेको केही भनेको छैन् । यही बेला नेता खनालले सम्झौताको अंग बनाउनुपर्ने बताएका हुन् ।

नेता खनालले नेपालले गरेको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग नबनाई जस्ताको तस्तै कार्यान्वयनमा लगिए एमसीसी कम्युनिस्ट र चीन विरोधी हुने टिप्पणी गरे ।