सर्लाही, २५ फागुन । प्रहरीले सर्लाहीबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको कबिलासी नगरपालिका वडा नम्बर–२ बस्ने ३० वर्षीय संजय कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्लाको हरिवन नगरपालिका–११ कुशवाहा मेडिकल नजिक पूर्वपश्चिम लोकमार्गमा खटेको प्रहरी टोलीले ना १४ प ७७३० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लागूऔषध नाइट्रोभेट १५ पत्तामा ३०० पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।