उद्योगी व्यवसायीहरुको प्रतिनिधित्वका लागि कोसिस गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं, २५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्वका लागि कोसिस गर्ने बताएका छन् ।
नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय तदर्थ समितिको बैठकलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो बैठकले विधानमा केही संशोधन गरेको बताए ।
केन्द्रीय समितिमा प्रतिनिधित्व नगराउने आफूहरुको कमजोरी भएको भन्दै उनले भने, ‘तपाईंहरुले पनि कम दुःख दिनु भएको छैन । हामी सबै उस्तैउस्तै छौं । अब तपाईंहरुले पनि आपसमा एकीकृत हुने, अस्वस्थ प्रतिस्पर्धाबाट उन्मुक्तितिर लैजाने, गुटबन्दीलाई परास्त गर्न भूमिका बढेर आउनुपर्छ ।’
पार्टीको केन्द्रीय समितिमा उद्योगी व्यवसायी, डाक्टर, इन्जिनियर लगायतको समुचित प्रतिनिधित्व भयो भने सही आर्थिक नीति बनाउन सहज हुने भन्दै उनले भने, ‘पार्टीको केन्द्रमा प्रतिनिधित्व गराउने कोसिस रहनेछ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


