पर्साबाट अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ

पर्सा, २४ फागुन । पर्साबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको टोलीले १४० किलो गाँजासहित छिपहरमाई गाउँपालिका–१ का ५१ वर्षीय गुमानी साहलाई पक्राउ गरेको हो ।
साहलाई लागूऔषधसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


