नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित

जनकपुरधाम, २४ फागुन । नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् ।
यादवले १ हजार ४२६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सभापतिका अर्का उम्मेदवार रामसुन्दर चौधरीले ८८७ मत प्राप्त गरेका हुन् ।
सभापतिमा निर्वाचित यादव संस्थापन पक्षका हुन् भने चौधरी संस्थापनइतर पक्षका हुन् ।
सोमबार भएको निर्वाचनमा २ हजार ४७५ मत खसेको थियो । जसमा १६० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


