एमसीसी स्वीकार्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू हुँदैन : मन्त्री झाँक्री

काठमाडौं, २४ फागुन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी स्वीकार्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताएकी छन् ।
मन्त्री झाँक्रीले अरु धेरै देशले सो सम्झौता स्वीकार गरेको स्मरण गराउँदै ती देशहरूले कुरा नबुझेको हो त ? भनी एमसीसीका आलोचकहरूलाई प्रश्नसमेत गरिन् ।
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विश्वका आधी दुनियाँमा एमसीसी लागू हुँदा पनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाइन् ।
सरकारले स्विकार गरेर ल्याएको एमसीसी अनुदान सहायता भएको उल्लेख गर्दै उनले त्यसलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने तर्कसमेत दोहोर्याइन् ।
मन्त्री झाँक्रीले एमसीसी संसदमा डिबेट भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहोर्याइन् । उनले महिला हिंसा अन्त्यका लागि तय गरिएको कानुन, नीति र कार्यक्रममा पनि परिमार्जन गरेर अघि बढनुपर्नेमा जोड दिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


