अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मरनी देवीलाई सम्मान

महोत्तरी, २४ फागुन । महोत्तरीको मटिहानी नगरपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मरनी देवीलाई सम्मान गरेको छ ।
११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलवार मटिहानी– ९ सिमरदहीकी मरनी देवीलाई सम्मान गरिएको हो ।
२०५८ सालमा बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाई कटपिट गरी गम्भीर घाइते बनाइएकी मरनीलाई नगर प्रमुख हरि मण्डलले दोसल्ला र ५० हजार नगद सहित सम्मान गरेका छन् ।
मटिहानी नगरपालिकाका उप–प्रमुख शिवो देवी साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार शर्मा, कार्यपालिका सदस्यज्युहरु, महिला वड़ा सदस्यज्यूहरु, ओरेक नेपालका लीला दयाली लगायतका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


