सप्तरी, २४ फागुन । सप्तरीमा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ ।

मंगलबार बिहान बसेको मधेश सरकारको मन्त्रीपरिषद् बैठकले सप्तरीमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

सिरहाको लहानमा रहेको यातायाता व्यवस्था कार्यालयको सेवालाई विस्तार गर्दै राजविराजमा समेत यातायात व्यवस्था कार्यालय खोल्ने निर्णय गरिएको मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

सप्तरीमा यातायात व्यवस्था कार्यालय स्थापना हुँदा ४० किलोमिटर पर लहान यातायात कार्यालयमा जानुपर्ने त्यस जिल्लाका नागरिकको बाध्यताको अन्त्य हुने छ ।

सबै प्रक्रिया पुरा भएपछि यस्तो निर्णय गरेकाले चाँडै कार्यालय स्थापना गरिने मन्त्री साहको भनाइ छ ।