रौतहट, २३ फागुन । नेपाली कांग्रेस रौतहटको नयाँ नेतृत्व चयनका लागि सोमबार सम्पन्न निर्वाचनमा २ हजार ५१८ मत खसेको छ ।

कुल २ हजार ५९१ डेलिगेट्स मतदाता रहेकोमा ७३ मत कम खसेको निर्वाचन समितिले जनाएको छ ।

सोमबार अबेर राति सम्पन्न निर्वाचनको मतगणना आजै सुरु गर्ने तयारी छ । आजै राति वा भोलि बिहानसम्म मतपरिणाम आउने बताइएको छ ।

रौतहटमा कांग्रेसको जिल्ल सभापतिका लागि सुनील यादव जितेन्द्र देउवा पक्ष र हृदयनारायण यादव कोइराला पक्षबाट प्रतिस्पर्धामा छन् ।

निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने छन् । यस्तै, ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।