जनमत पार्टी स्थानीय तह निर्वाचनको तयारीमा

काठमाडौं, २३ फागुन । डा. सीके राउत नेतृत्वको जनमत पार्टी आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ ।
पर्टीको केन्द्रीय कार्यकारिणी समितिको अनलाइन बैठकले यस्तो निर्णय गरेको हो ।
जनमत पार्टीले निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रम स्थानीय तहसम्मै चलाउने भएको छ । यसको जिम्मेवारी जिल्ला कार्यकारिणी समितिलाई दिइएको छ ।
जिल्ला कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यले जिम्मेवारी बाँडफाँट गरेर काम गर्ने पार्टीले जनाएको छ ।
त्यस्तै, किसान आन्दोलनका थप कार्यक्रम होली पर्व अर्थात ५ चैतपछि घोषणा गर्ने निर्णय पनि बैठकले गरेको छ । यसअघि २० फागुनसम्म आन्दोलन भएको थियो ।
२० जिल्लामा भइसकेको माटो यात्रालाई बाँकी जिल्लामा पनि निरन्तरता दिइने भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


