सप्तरी, २३ फागुन । सप्तरीको राजविराज नगरपालिकाले आज आफ्नो मातहतका सबै कार्यालयमा सार्वजनिक विदा दिएको छ ।

२०७३ साल फागुन २३ गते सो नगरपालिका–९ मलेठस्थित औद्योगिक क्षेत्रमा सहिद भएका ५ जनाको सम्झनामा नगरपालिकाले आज विदा दिएको हो ।

शोक विज्ञप्ति जारी गर्दै नगरपालिकाले आफ्ना मातहतका कार्यालयहरुमा विदा दिने निर्णय गरेको थियो ।

२०७३ फागुन २३ गते औद्योगिक क्षेत्रमा नेकपा एमालेको मेची महाकाली अभियान कार्यक्रम राखिएपछि मधेसी मोर्चाले विरोध प्रदर्शन गरेको थियो । सोही विरोध प्रदर्शन झडपमा हुँदा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको थियो ।