श्रीमतीलाई एसिड प्रहार गर्ने एक व्यक्ति पक्राउ

काठमाडौं, २३ फागुन । श्रीमतीलाई एसिड प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट चित्रपुर बस्ने ६छ वर्षीय श्याम गुभाजु रहेका छन् । गुभाजुले श्रीमतीलाई एसिड प्रहार गरी कुटपिटसमेत गरेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरले गुभाजुले श्रीमतीमाथि केमिकल (रसायन) शरीरमा प्रहार गरी घाइते बनाएको जनाएको छ ।
एसिड प्रहार भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले घाइतेलाई बर्न अस्पताल कीर्तिपुर लगिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


