वामपन्थी नेता कृष्णराज बर्माको निधन, ओलीद्वारा दुःख व्यक्त

काठमाडौं, २२ फागुन । वामपन्थी नेता कृष्णराज बर्माको आइतबार निधन भएको छ । उनको ह्याम्स अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो साढे तीन बजे निधन भएको हो ।
९३ वर्षीय बर्माको छातीमा समस्या देखिएपछि केही दिनअघि ह्याम्स अस्पताल भर्ना गरिएको थियो । निमोनिया देखिएपछि आईसीयूमा उपचार गराइरहेका थियो ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष ओलीले नेपालको कम्युनिस्ट आन्दोलनमा उनको योगदान अविस्मरणीय रहने बताए ।
’वरिष्ठ वामपन्थी नेता कमरेड कृष्णराज बर्माको निधनको खबरले मलाई दुखित तुल्याएको छ । दिवंगत नेता बर्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवाजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । नेपालको कम्युनिस्ट आन्दोलनमा उहाँको योगदान अविस्मरणीय रहने छ,’ उनले ट्विटमा लेखेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


