स्थानीय तहका कर्मचारीका लागि सेवाकालिन तालिम सुरु

जनकपुरधाम, २२ फागुन । मधेस प्रदेश सरकारले स्थानीय तहका कर्मचारीहरुलाई सबल र सक्षम बनाउन ३५ दिने सेवाकालिन तालिम सुरु गरेको छ ।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रले स्थानीय तहका चौथो र पाँचौ तहका कर्मचारीहरुका लागि ३५ दिने सेवाकालिन तालिम जनकपुरधाममा सुरु गरेको हो ।
६० जना कर्मचारीहरु सहभागी रहेको उक्त तालिमको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले गरेका छन् ।
केन्द्रका कार्यकारी निर्देशक सतार अन्सारीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री राउतले स्थानीय तहमा सुशासन कायम गर्दै विकास निर्माणको कार्यलाई गतिशिल बनाउनुका साथै कर्मचारीहरुको वृति विकासका लागि समेत तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
उनले स्थायी सरकारको रुपमा रहेको कर्मचारीहरु जनताको सेवकको रुपमा प्रस्तुत हुन आग्रह समेत गरे ।
सेवाग्राहीहरुसँग कर्मचारीले गर्ने व्यवहारबाटै सर्वसाधारण जनता राज्यको अनुभूतिगर्ने उल्लेख गर्दै मुख्यमन्त्री राउतले संयमतापूर्ण व्यवहार गर्न आग्रह समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


