काठमाडौं, २२ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

आइतबार बिहान ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो ।

तर, स्थायी कमिटी बैठक बस्नुपर्ने भएकाले सोमबारसम्मका लागि बैठक स्थगित भएको माओवादीका एक नेताले जानकारी दिए ।एमसीसी परियोजना संसदबाट पास भएसँगै माओवादी केन्द्रमा मतभेद सुरु भएको छ ।

शुक्रबार बसेको बैठकमा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसी पास गरेर पार्टीले गलत काम गरेको भन्दै असन्तुष्टि राखेका थिए । उनले पारित भएको दिनलाई कालो दिन समेत घोषणा गरेका थिए ।