संसद बैठक एक साताका लागि स्थगित

काठमाडौं, २२ फागुन । संसद बैठक एक साताका लागि स्थगित भएको छ ।
आइतबार बसेको बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले फागुन २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका थिए ।
नाराबाजीकाबीच सभामुख सापकोटाले महाअभियोग सिफारिस समितिमा रहने सदस्यको नाम बाचन गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


