सुनको भाउ प्रतितोला एक लाख नाघ्यो

काठमाडौं, २२ फागुन । सुनको भाउ साताको पहिलो दिन आइतबार प्रतितोलामा २ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार तेजाबी सुनको भाउ तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि प्रति तोलामा ३५ रुपैयाँको दरले बढेको छ । शुक्रबार १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


