पर्साबाट कटुवा पेस्तोल र लागूऔषध चरेश बरामद

पर्सा, २२ फागुन । सशस्त्र प्रहरीले पर्साबाट कटुवा पेस्तोल र लागूऔषध चरेश बरामद गरेको छ ।
पर्साको छिपहरमाई गाउँपालिका सिक्टापुलबाट एक थान कटुवा पेस्तोल, एक राउण्ड गोली र दुई पोका लागूऔषध चरेश बरामद गरेको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख (डिआइजी) गणेश ठाडा मगरले जानकारी दिए ।
भारततर्फ पैदल जाँदै गरेका व्यक्ति सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि पेस्तोल र चरेस भएको झोला फालेर भागेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


