रौतहट, २१ फागुन । प्रेस चौतारी नेपाल मधेस प्रदेशको अध्यक्षमा फणी महत चयन भएका छन् ।

प्रेस चौतारी नेपाल मधेस प्रदेशको प्रथम अधिवेशनबाट महतको नेतृत्वमा प्रदेश कार्य समिति गठन भएको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा अनिल तिवारी, महिला उपाध्यक्षमा अर्चना परियार र महासचिवमा गौतम श्रेष्ठ चयन भएका छन् भने सचिवमा ग्यासु मिया देवान, भगलु मण्डल र कोषाध्यक्षमा जितेन्द्र साहलाई सर्वसम्मत चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा कन्हैया गुप्ता, निरन्ज मिश्र, श्याम कुशवाहा, शम्भु महतो , लक्ष्मी खरेल, भवानी सुवेदी, सपना ढकाल, बिना राउत, पिन्टु यादव, नविन साह, भगवती चौधरीलगायतकाहरु रहेका छन् ।

त्यस्तै सल्लाहकार समितिमा गोकुल घोरसाइने, अर्जुन थपलिया, शंकर श्रेष्ठ, संजय मिश्र, रेणु चौधरी र जिवछ चौधरीलाई चयन गरिएको प्रेस चौतारी नेपालको प्रदेश समितिका प्रतिनिधि समेत रहेका धनुषा जिल्ला अध्यक्ष अवधेश कामतले जानकारी दिए ।