राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको धनुषा जिल्ला अध्यक्षमा मुन्नु झा सर्वसम्मत

जनकपुरधाम, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ यूवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको धनुषा जिल्ला अध्यक्षमा मुन्नु झा सर्वसम्मत चयन भएका छन् ।
शनिबार जनकपुरधाममा आयोजित भेलाबाट मुन्नु झाको नेतृत्वमा २१ सदस्यीय संगठनको धनुषा जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो ।
जनकपुरधाम सहित मधेस प्रदेशमा हिन्दु धर्मको संरक्षण तथा विकासको अभियान सञ्चालन गर्दै आएका मुन्नुलाई अध्यक्ष र सुदिप झालाई सचिव पदमा चयन गरिएको छ ।
त्यस्तै उपाध्यक्षमा सुष्मा कुमारी, सोमनाथ रोहिता यादव र राकेश प्रसाद साह रहेका छन् भने सह–सचिवमा रञ्जन कुमार झा र कोषाध्यक्षमा रोहन सिंह राजपुत चयन भएका हुन् ।
सदस्यहरुमा भने श्रवण कुमार, अजित कर्ण, श्रवण झा, अकवर साफी, रवी राय र कौशल मिश्रलगायतकाहरु चयन भएका छन् ।
भेलामा राप्रपाका केन्द्रिय सदस्य मनोज मल्ल ठकुरी, जिल्ला सभापति रामचन्द्र यादव, उपाध्यक्ष मो.दाउद, क्षेत्रीय सभापति असर्फी झा, नगर उपाध्यक्ष जितेन्द्र प्रसाद साह, नगर सचिव नविन झा सहितकाहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


