पत्रकार महासंघ धनुषाको आयोजनामा होलीको शुभकामना आदान प्रदान

जनकपुरधाम, २१ फागुन । नेपाल पत्रकार महासंघ धनुषा शाखाले रंग अविरको पर्व होलीको अवसरमा शनिबार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
महासंघ धनुषाले जिल्लाका पत्रकारहरुसँग होलीको शुभकामना आदान प्रदान गरेको हो ।
महासंघको सभाहलमा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको प्रमुख आतिथ्य र महासंघ धनुषाका पुर्व अध्यक्षहरुको उपस्थितीमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा वक्ताहरुले पत्रकारीताको दायित्व, मर्यादा र कमीकमजोरीका बारेमा चर्चा गरेका थिए । उनीहरुले होली पर्वले सदभाव, भाइचारा र एकअर्का बिचको इष्र्या, डाह सहितको नकारात्मक भावनाको अन्त्य गरोस् भन्दै कामना गरेका थिए ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अशोक रौनियार, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण, उपाध्यक्ष ज्योति झा, वरिष्ठ पत्रकारहरु विएम खनाल, पूर्वअध्यक्ष उमेश साह, निवर्तमान अध्यक्ष अनिल मिश्र, वरिष्ठ पत्रकार परमेश्वर कापडी, श्याम सुन्दर शशी, शैलेन्द्र झा, श्रीनारायण साह, अजय झा, कमल साह, सुजित झा, अजय अनुरागी सहितको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


