जनकपुरधाममा शनिबारदेखि ग्रैण्ड होटल एण्ड फ्यामली रेस्टुरेन्ट सञ्चालनमा

जनकपुरधाम, २१ फागुन । जनकपुरधाममा केही नयाँपन दिने उद्देश्यका साथ पुनः एक सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा गुणस्तरीय होटलको अभाव रहेको समयमा शनिबारदेखि थप एक होटल सञ्चालनमा आएको हो ।
जनकपुरधाम–४ भैरव चोकस्थित तिरहुतिया गाछी, शुक्रबारी बजारमा ग्रैण्ड होटल एण्ड फ्यामली रेस्टुरेन्ट सञ्चालनमा आएको छ ।
होटलको समुद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका एसोसिएट उपाध्यक्ष राजेश अग्रवाल र निर्माण व्यवसायी संघका प्रदेश उपाध्यक्ष हिरा भगतले यस होटलले गुणस्तरीय सुविधा दिने विश्वास व्यक्त गरे ।
होटलका सञ्चालक मनिष साहले जनकपुरधाममा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई यस होटलले गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले जनकपुरधामलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न एवं आकर्षणमा योगदान पुर्याउन यस होटलले थप भूमिका निर्वाह गर्ने दावी गरेका छन् ।
जनकपुरधाममा केहि वर्षको अन्तरालमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आएपछि पर्यटकको संख्यामा वृद्धि भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


