मधेशी समुदायसँग भेदभाव कायमै छ : वरिष्ठ नेता भण्डारी

महोत्तरी, २१ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले मधेशी समुदायसँग भेदभाव कायमै रहेको बताएका छन् ।
महोत्तरीको एकडरा गाउँपालिकामा लोसपा नेपालले आयोजना गरेको वडा स्तरीय कार्यकर्ता भेलामा बोल्दै नेता भण्डारीले भेदभाव विरुद्ध लोसपा पीडित पक्षको सम्मानका लागि सधंै प्रतिवद्ध रहेको बताएका हुन् ।
उनले भने,‘राष्ट्रिय संरचनामा होस् वा मधेशीहरुको हक अधिकारहरुका लागि लोसपा अग्रसर छ । लोसपा उत्पीडित वर्ग र मधेशीहरुको भरोसाको एकमात्र केन्द्र छ ।’
मधेशबाट पटक पटक जितेर सरकारमा गएको विभिन्न पार्टीहरुले जनताको भरोसा नरहेको उल्लेख गर्दै पूर्वमन्त्री समेत रहेका वरिष्ठ नेता भण्डारीले आन्दोलनको भावना र उत्पीडित वर्गको सम्मानका लागि लड्दै गरेको र अझैपनि आगामी दिनमा समेत लड्ने प्रतिबद्धता व्यक्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


