जनकपुरधाम, २१ फागुन । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ पेठिया बजारमा एक खाद्यान्न गोदाममा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

पेठिया बजारस्थित बद्री साहले सञ्चालन गरेको खाद्यान्न गोदाममा शुक्रबार अबेर राति आगलागी हुँदा करोडौँको क्षति भएको हो ।

पेठिया बजारमा रहेको आरभ ट्रेडर्स न्यू संघर्ष स्टोर्समा मध्यरातिमा एकाएक आगलागी भएको थियो । आगलागी भएलगत्तै बद्री साहले जनकपुरधाम उपमहानगरका साथै उपमहानगरका प्रमुखलाई वारुण यन्त्र पठाई दिन आग्रह गरे । तर उपमहानगरले घण्टौंसम्म वारुण यन्त्र नपठाई दिँदा करोडौंको क्षति भएको उनले दावी गरे ।

उपमहानगरमा वारुणयन्त्र हुँदाहुँदै स्थानीयले आगलागीको समयमा यस प्रकारको पीडा भोग्नु पर्दा एकदमै दुःख लागिरहेको अमर कुृमार साहले आक्रोश पोखे ।

सो स्टोरमा चामल, दाल, मसाला लगायतको खाद्यान्न सामाग्रीहरु गोदाममा रहेको थियो ।