कांग्रेस चितवनको सभापतिमा खनाल निर्वाचित

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित भएका छन् ।
शुक्रबारदेखि जारी अधिवेशनको दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले खनाललाई समर्थन गरेपछि उनी स्वतः निर्वाचित भएका हुन् ।
पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि शनिबार दोस्रो चरणको मतदान हुने कार्यक्रम तय भएको थियो ।
पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका खनाल र श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुने भनिए पनि श्रेष्ठले खनाललाई समर्थन गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


