लाखौं मूल्य बराबरको अवैध भन्सार चोरी निकासीका सामान बरामद

जनकपुरधाम, २१ फागुन । धनुषा प्रहरीले लाखौं मूल्य बराबरको अवैध भन्सार चोरी निकासीका सामानहरू बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तिमा खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित पेठिया बजारबाट ४ लाख ५८ हजार ४ सय मूल्य बराबरको अवैध भन्सार चोरी निकासीका सामानहरू बरामद गरेको हो ।
भारतबाट मोटरसाइकलमा अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याईएका विभिन्न किसिमको साडी लगायतका कपडाहरू वेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीका भन्सार कार्यालय जनकपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


