कपिलवस्तुमा आमाले गरिन् १२ वर्षीया छोरीको हत्या

रुपन्देही, २१ फागुन । कपिलवस्तुमा आमाले आफ्नै १२ वर्षीया छोरीको हत्या गरेकी छन् ।
जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर–१ उत्तमनगरमा सीता नेपालीले आफ्नै १२ वर्षीया छोरीको हत्या गरेकी हुन् ।
छोरीको हत्यापछि शव लुकाउन हिँडेकी नेपालीलाई गोप्य सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको छ ।
उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा लैजान खोजेको खुल्न आएको छ ।
घटना शंकास्पद देखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


