बारा, २१ फागुन । सशस्त्र प्रहरीले बाराबाट भारततर्फ लैजाँदै गरेको १२० किलो प्रतिवन्धित गाजा बरामद गरेको छ ।

शुक्रबार राति १० बजे बाराको देवताल गाउँपालिका–७ पिपरपाती पसहा खोलास्थित नेपाल भारत सीमा क्षेत्रबाट ८ पोका गाजा बरामद भएको हो ।

भारततफै लैजान लागेको ८ वटा प्लास्टिकको पोकामा प्याक गरेको १२० किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।

विओपी दक्षिणझिटकैयाबाट सहायक प्रहरी निरीक्षक चन्द्र बहादर एस्लामी मगरको कमाण्डमा मोटरसाइकलमा खटेको ६ जनाको गस्तीको टोलीले सो परिमाणको गाजा बरामद गरेको हो ।

प्रहरीलाई देख्ने बितिकै मानिसहरुले सो गाजा छाडेर फरार भएको प्रहरीले जनाएको छ ।