महोत्तरीको मटिहानी नगरपालिकास्थित पसलमा आगलागी हुँदा करोडौँको क्षति

महोत्तरी, २१ फागुन । महोत्तरीको मटिहानी नगरपालिकास्थित पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ ।
मटिहानी नगरपालिका वडा नम्बर–८ स्थित बजारमा शनिवार बिहान ५ वटा पसलमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको महोत्तरी प्रहरीले जनाएको छ ।
स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतले घरमा मटिहानी–७ का भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा विद्युत् सर्ट भई आगलागी हुँदा पसलभित्र रहेको २५ लाख मूल्य बराबरको मालबस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुईतले भवनको विभिन्न कोठामा पनि आगलागी भई जम्मा डेढ करोड बराबरको धनमाल क्षति भएको उनले बताए ।
मटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको बारुणयन्त्र हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


