मटिहानी नगरपालिकामा भोली सार्वजनिक बिदा

महोत्तरी, २१ फागुन । महोत्तरीको मटिहानी नगरपालिकामा भोली सार्वजनिक बिदा दिइएको छ ।
मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत चौथो दिन महोत्तरीको मटिहानीमा परिक्रमाको यात्री टोली पुग्नेभएपछि परिक्रमा यात्रीको स्वागतमा आईतबार सार्वजनिक बिदा दिइएको हो ।
१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा चौथो दिन आईतबार मटिहानीमा विश्राम गर्ने हुँदा मटिहानी नगरभर सार्वजनिक विदा दिइएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।
धनुषाको कचुरीबाट डोलासहित परिक्रमा यात्रीहरु हनुमानगढीमा प्रस्थान पछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ । त्यसपछि कल्याणेश्वर हुँदै शनिबार परिक्रमा यात्रीहरु फुलहर पुगेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


