करिव ५ लाख बराबरको अवैध भन्सार चोरी निकासीका सामान बरामद

जनकपुरधाम, २० फागुन । धनुषा प्रहरीले करिव ५ लाख बराबरको अवैध भन्सार चोरी निकासीका सामानहरू बरामद गरेको छ ।
शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तिमा खटेको प्रहरी टोलीले सो सामानहरु बरामद गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ स्थित कपिलेश्वरमा भारतबाट मोटरसाइकलमा अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याईएका अन्दाजी २ लाख १८ हजार ५ सय मूल्य बराबरका जुत्ता बेबारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० स्थित सडकखण्डमा भारतबाट मोटरसाइकलमा अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याईएका अन्दाजी २ लाख ४९ हजार ८ सय मूल्य बराबरका बिभिन्न किसिमका लत्ताकपडाहरू पनि बेबारिसे अवस्थामा फेला परेको डीएसपी बस्नेतले बताए ।
प्रहरीले बरामद गरेका सामानहरु भन्सार कार्यालय जनकपुरमा पठाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


