मोरङ, २० फागुन । मोरङको बेलबारी नगरपालिका–४ बेतना सिमसारबाट पाँच किलो गाँजासहित चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका–१ बस्ने १९ वर्षीय गोबिन्द बिक, १९ वर्षीय मुस्कान राई, धनकुटा आखिसल्ला घर भएका ३३ वर्षीय केशरमान राई र धनकुटा महाभारत घर भएका २८ वर्षीय मनोज राई रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट छुट्टाछुट्टै समयमा खटिएको प्रहरीले गोबिन्द र मुस्कानलाई करिब १ केजी गाँजासहित पक्राउ गरेको थियो । यस्तै, को. २ ह ३२१५ नम्बरको अटोमा सवार अटोचालक केशरमान र मनोजलाई ४ केजी गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

–न्युज कारखाना