काठमाडौं, २० फागुन । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले महाधिवेशनको निर्णय अनुसार एमसीसी अनुमोदन भएको बताएका छन् ।

केन्द्रीय कमिटी बैठक अघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले आठौं राष्ट्रिय महाधिवेशनको निर्णय बमोजिम एमसीसी अनुमोदन भएको बताए ।

उनले भने,‘महाधिवेशनको निर्णयअनुसार एमसीसी अनुमोदन हुँदा आपत्ति जनाउनुपर्ने कारण छैन् ।’

तर केही नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा नहुँदा असन्तुष्टि जनाएको यादवले बताए ।

१५ फागुनमा व्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन भएपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहित कतिपय नेताहरुले आपत्ति जनाएका छन् ।