काठमाडौं, २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन आगामी चुनावसम्मै जाने बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘एमसिसी पास भएसँगै गठबन्धनभित्र देखिएको असमझदारी अन्त्य भएको छ । अब यो गठबन्धन चुनावसम्मै जान्छ ।’

एमसीसी परियोजना अनुमोदनपछि माओवादीभित्र विवाद चुलिएको छ । अध्यक्ष प्रचण्डले असन्तुष्ट रहेका नेताहरूप्रति संकेत गर्दै आफ्नो बाटो लागे हुन्छ भनेपछि पार्टीमा विवाद उत्कर्षमा पुगेको छ ।