कांग्रेस बाँके सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित

बुटवल, २० फागुन । नेपाली कांग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित भएका छन् ।
संस्थापन पक्षका बादशाह कुर्मीलाई ९७ मतान्तरले पराजित गर्दै डा. शेखर कोइराला समूहका गौडेल विजयी भएका छन् । गौडेलले ७६० मत पाउँदा कुर्मीले ६६३ मत पाएका छन् ।
पहिलो चरणमा तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि शुक्रबार पुनः मतदान भएको थियो । १ हजार ४९३ मतादाता रहेकामा १ हजार ४३९ मत खसेको थियो, जसमध्ये १६ मत बदर भएको छ ।
बिहीबार भएको पहिलो चरणको मतदानमा गौडेलले सबभन्दा बढी ५६९ मत ल्याएका थिए भने कुर्मीले ५३८ र संस्थापन समूहकै सुरेन्द्र हमालले ३१४ मत प्राप्त गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


