जनकपुरधाम, २० फागुन । धनुषामा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको सबैला नगरपालिका वडा नम्बर–७ बस्ने विक्रम रायका ७ वर्षीय छोरा शेखर राय रहेका छन् ।

बिहीबार दिउँसो ३ बजे खेतमा गएको बेला बालकलाई सर्पले टोकेको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको परिवारजनले जनाएको छ ।

बालक स्थानीय हनुमान प्राथमिक विद्यालय नवटोलीमा कक्षा २ मा अध्ययनरत्त थिए ।