महोत्तरीमा मदिरा भट्टीपसलमा प्रहरीको छापा, घरेलु मदिरा नष्ट

महोत्तरी, २० फागुन । महोत्तरी प्रहरीले छापामारी गरी घरेलु मदिरा नष्ट गरेको छ ।
प्रहरी टोलीले जिल्लाका विभिन्न चारवटा भट्टी पसलमा छापा हानेर घरेलु मदिरा नष्ट गरेको हो ।
भट्टी पसलहरुमा अवैध मदिरा उत्पादन भइरहेको गोप्य सूचनाका आधारमा बलवा नगरपालिकास्थित प्रहरी टोलीले झण्डै ६५० लिटर कच्चा पदार्थ र एक सय लिटर मदिरा नष्ट गरेको छ ।
प्रहरीले विनोद साह, अरुण चौधरी, श्याम महतो र दिलीप साहले सञ्चालन गरेको भट्टी पसलबाट मदिरा र कच्चा पदार्थ जफत गरेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
प्रहरीले चारै जना भट्टी पसल सञ्चालकलाई अबदेखि मदिरा उत्पादन नगर्ने सर्तमा स्थानीय जनप्रतिनिधिको रोहबरमा छाडिएको डीएसपी बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


