काठमाडौं, १९ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन व्यवस्थापनका लागि अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड रुपैयाँ बजेटको सुनिश्चितता प्राप्त गरेको छ ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।

यस्तै, आयोगले निर्वाचनको लागि तयार पारिएको मतदाता नामावलीमा कुनै त्रुटि भएको भए सच्याउन समेत सबैलाई आग्रह गरेको छ ।आयोगले मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने अवधि यही फागुन २० देखि २६ गतेसम्म निर्धारण गरेको छ ।

आयोगले निर्वाचनमा सहभागी हुने दलहरुको नामावली फागुन २६ गतेभित्र प्रकाशन गर्ने जनाएको छ ।

स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको आयोगले बताएको छ ।