जनकपुरधाम, १९ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जनकपुर नगर अध्यक्षमा मनोज चौधरीलाई मनोनित गरेको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अन्तरिम विधान अनुसार चौधरीलाई जनकपुरधाम उपमहानगरपालिकाको अध्यक्ष पदमा मनोनयन गरेका हुन् ।

अध्यक्ष ठाकुरले देश, मधेश एवं पार्टीको हितमा चौधरीको कार्यकाल उपलब्धि मूलक हुने आशा व्यक्त गरेका हुन ।

अध्यक्ष भएका चौधरी माँ जानकी यातायात प्रा.लि. जनकपुरधामका अध्यक्ष समेत हुन् ।

यसअघि बुधबार लोसपा धनुषाले जिल्लाका विभिन्न पालिकाहरुमासमेत अध्यक्ष मनोनयन गरेको थियो ।

पार्टीका धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहले पार्टीको अन्तरिम विधान २०७८ बमोजिम धनुषाको कमला नगरपालिकामा छठु मण्डल, नगराईन नगरपालिकामा नवल कुमार झा, हंसपुर नगरपालिकामा लालबाबु यादव र बटेश्वर गाउँपालिकामा राम परिक्षण महतोलाई अध्यक्ष पदमा मनोनयन गरेका थिए ।