एमसीसी परियोजनालाई ५ वर्षभित्रै सक्ने सरकारको लक्ष्य रहेको मन्त्री कार्कीको भनाइ

काठमाडौं, १९ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई ५ वर्षभित्रै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ चार दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उनले ५ वर्षभित्रमा करिव ३१५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउनेतर्फ सरकार रहेको बताए । उनले एमसिसी पास गर्न सहयोग गर्ने राजनीतिक दलले अब एमसिसी समयमै सक्नका लागि पनि एकजुट भएर सहयोग गर्न आग्रह गरे ।
मन्त्री कार्कीले गठबन्धन देशमा सुशासन, स्थायित्व र विकासका लागि बनेकोले अझै अघि बढ्ने बताए । उनले एमसिसी पास भएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढेको भन्दै एमसिसीबाट जनतालाई रोजगार बनाउने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


