नेपाली काँग्रेस महोत्तरीमा सभापतिका लागि तीन जनाको उम्मेदवारी

महोत्तरी, १९ फागुन । नेपाली काँग्रेस महोत्तरीमा सभापति पदका लागि तीन जनाले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला सभापति पदका लागि नागेश्वर यादव, बजरंग नेपाली र सुशिल यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
सभापतिका तीनजना उम्मेदवार बीच प्रतिस्पर्धा हुने भएपनि पहिलो चरणमै मत परिणम आउने आंकलन गरिएको छ । तीनै उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । यद्यपी सभापति शेरबहादुर देउवा पक्षका जिल्ला सभापति पदका उम्मेदवार नागेश्वर यादव पहिलो चरणमै निर्वाचित हुने सम्भावना बढेको छ ।
नगेश्वरको पक्षमा ३ जना क्षेत्रिय सभापति, जिल्लाको ४ मध्ये ३ केन्द्रीय सदस्य र शेखर कोइराला पक्षका नेताहरु साथ दिएपछि अन्य दुई उम्मेदवारको तुलनामा नागेश्वरको अवस्था बलियो देखिएको छ ।
यादवलाई महोत्तरीको ४ निर्वाचन क्षेत्र मध्ये ३ क्षेत्रिय सभापति महेश झा, राजकरण साह र राघवेन्द्र झाको साथले बलियो बनाएको छ ।
चार केन्द्रीय सदस्य मध्ये कल्याण गुरुङ्ग, नगिना यादव र प्रदेश सांसद समेत रहेकी केन्द्रीय सदस्य मञ्जु यादवले नागेश्वरलाई नै साथ दिएका छन् । यादवालाई शेखर कोइला पक्षका रामचन्द्र तिवारी, पुर्व केन्द्रिय सदस्य किरण यादवले समेत समर्थन गरेका हुन् ।
महोत्तरीमा काग्रेसबाट निर्वाचित ३ मेयर मध्ये लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादव र बलवा नगरपालिकाका मेयर विनोद यादवले समेत जिल्ला सभापतिमा नागेश्वरलाई साथ दिंदा पहिलो चरणमै नागेश्वर निर्वाचित हुने सम्भावना उच्च रहेको सो पक्षको दावी छ ।
यता, बजरंग नेपाली र सुशिल यादव पक्षलेसमेत आ–आफ्ना तर्क गर्दै जित्ने सम्भावना रहेको दावी गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


