जनकपुरधाम, १८ फागुन । धनुषा प्रहरीले करिव ११ लाख बराबरको अवैध भन्सार चोरी निकासीका सामानहरू बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तिमा खटिएको प्रहरी टोलीले मंगलबार राति सो सामानहरू बरामद गरेको हो ।

प्रहरीले मंगलबार राति जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित सडक खण्डमा भारतबाट मोटरसाइकलमा अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याईएका अन्दाजी मूल्य २ लाख ३० हजार ७५० रुपैयाँ बराबरका चिनी, राजनिवास लगायतका किराना सामग्रीहरू बेबारिसे अवस्थामा फेला पारेको थियो ।

त्यस्तै, मंगलबार राति नै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित मुरली चोकमा भारतबाट मोटरसाइकलमा अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याईएका अन्दाजी मूल्य १ लाख ३७ हजार बराबरका सुर्ती २५ बोरा, साडी, सटपेन्टको कपडा, सल बेबारिसे अवस्थामा फेला पारेको थियो ।

उता, विदेह नगरपालिका वडा नम्बर–१ स्थित सडक खण्डमा बुधबार बिहान भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याईएका अन्दाजी मूल्य ७ लाख २२ हजार ८ सय रुपैयाँ बराबरका सुर्ती २५ बोरा, साडी, सटपेन्टको कपडा, सल बेबारिसे अवस्थामा फेला पारेको थियो ।

बरामद गरिएका अवैध सामानहरू भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ ।