एक हप्ताको अवधिमा ५३ वटा सवारी साधनमा नम्बर प्लेट लेख्न लगाइयो

जनकपुरधाम, १८ फागुन । धनुषा प्रहरीले एक हप्ताको अवधिमा ५३ वटा सवारी साधनहरूमा नम्बर प्लेट लेख्न लगाएको छ ।
फागुन ११ देखी १८ गतेसम्मको अवधिमा विभिन्न ५३ वटा सवारी साधनहरूमा नम्बर प्लेट लेख्न लगाइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाद्धारा ट्राफिक चेक प्वाईन्ट मुजेलिया, जनकपुरधाम, रेल्वे स्टेशन, हनुमाननगर, कपिलेश्वर र जिरोमाईलमा चेकिङ्गमा खटिएका प्रहरी टोलीले नम्बर नबुझिने तथा अनटेस्ट नम्बर प्लेट भएका ५३ वटा सवारी साधनहरू नियन्त्रणमा लिई समझाई बुझाई गरी सवारी साधनहरूमा नम्बर लेख्न लगाई पठाएको जिल्ल प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
नम्बर नबुझिने तथा अनटेस्ट नम्बर प्लेट भएका सवारी साधनहरू भएमा आ–आफ्नो सवारी साधनहरूमा नम्बर लेख्न लगाई ट्राफिक व्यवस्थापन तथा अनुसन्धान कार्यमा सहयोग पुर्याउन जिल्ला प्रहरी कार्यालय धनुषाले अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


