६ सय ग्राम लागूऔषध गाँजासहित एक युवक पक्राउ

जनकपुरधाम, १८ फागुन । धनुषा प्रहरीले ६ सय ग्राम लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको सबैला नगरपालिका वडा नम्बर–९ कुसमाहा सतोषर बस्ने ३० वर्षीय लालबाबु कापर रहेका छन् ।
प्रहरी निरीक्षक बिक्रम साहको कमाण्डमा खटेको प्रहरी टोलीले सतोषर पोखरीको दक्षिणपट्टी रहेको कच्ची सडक खण्डबाट कापरलाई शंकास्पद रुपमा हातमा कालो प्लास्टिक लिई हिंडडुल गरिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
कापरलाई नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा उनको हातमा रहेको कालो प्लास्टिकबाट ६ सय ग्राम लागुऔषध गाँजा बरामद भएको डीएसपी बस्नेतले बताए ।
पक्राउ परेका कापरमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


