राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण शनिबार

काठमाडौं, १८ फागुन । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण शनिबार हुने भएको छ ।
गत १२ माघमा भएको निर्वाचनबाट चुनिएका १९ जना सदस्यको शपथ शनिबार हुने भएको हो ।
शनिबार बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा उनीहरूलाई शपथ खुवाउन कार्यक्रम तय भएको हो ।
चार वर्षको कार्यकाल पूरा गरेका २० जना सदस्य शुक्रबारबाट बिदा हुँदैछन् । रिक्त २० मध्ये १९ जना निर्वाचन भएर आएका छन् भने एक जनालाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नेछिन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


