विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल नियुक्त

काठमाडौं, १८ फागुन । विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल नियुक्त भएका छन् । पौडेललाई मन्त्रिपरिषद्को बैठकले अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उच्च अदालत पाटनका न्यायाधीश पौडेललाई विशेष अदालतको अध्यक्ष तोक्ने निर्णय भएको बताए ।
न्यायाधीश पौडेल उच्च अदालत पाटनमा दरबन्दी भई हाल उच्च अदालत पोखराको बागलुङ इजलासमा थिए ।
सदस्यहरूमा न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिकराम कोइराला, बलभद्र बाँस्तोला र खुसीप्रसाद थारू नियुक्त भएको उनको भनाइ छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा गत बुधबार बसेको न्याय परिषद्को बैठकले उनीहरूको नाम सिफारिस गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


