काठमाडौं, १८ फागुन । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सोनाम ल्होसारको उपलक्ष्यमा बिहीबार सार्वजनिक बिदा दिएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सोनाम ल्होसारको अवसरमा बिदा दिइएको मन्त्रालयले जनाएको छ ।